ad ad

अटो


नगद छुटसहित रनर मोटरसाइकलको ढाका घुम्ने अफर

नगद छुटसहित रनर मोटरसाइकलको ढाका घुम्ने अफर

नेपालखबर
भदौ ३०, २०७६ सोमबार १३:३१,

बंगलादेशको प्रतिष्ठित ब्रान्ड रनर मोटरसाइकलले दशैं, तिहार र छठको उपलक्ष्यमा 'फेस्टिभल अफर' सार्वजनिक गरेको छ।

नेपालका लागि रनर मोटरसाइकलको आधिकारिक बिक्रेता रमन मोटर्सले सार्वजनिक गरेको उक्त अफरमा रनर मोटरसाइकलको खरिदमा २० हजार रूपैयाँसम्म नगद छुटको व्यवस्था गरेको छ। साथै उक्त चाडबाडभर माेटरसाइकल खरिद गर्ने प्रत्येक सय जनामध्ये एक जना भाग्यशाली विजेताले बंगलादेशको रनर फ्याक्ट्री घुम्ने अवसर पाउने रमन मोटर्सका बिजनेस डेभलपमेन्ट हेड सन्तोष न्यौपानेले जानकारी दिए।

हाल नेपालमा रनर मोटरसाइकलको ८० सीसीदेखि २०० सीसीसम्मका मोटरसाइकल र ११० सीसीको स्कुटर बिक्री भइरहेको छ, त्यसमा पनि रनर हक २०० सीसी अफरोड मोटरसाइकललाई ग्राहकले अत्यन्तै रुचाएको न्यौपानेले बताए।

देशैभर करिब २५ स्थानमा डिलर रहेको रमन मोटर्सले सर्भिस र स्पेयर्स पार्ट्सको सुविधा, एक्सचेन्जमा उत्कृष्ट मूल्याङ्कन र स्पट फाइनान्ससहित विगत केही वर्षदेखि मोटरसाइकल तथा स्कुटर बिक्री गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .