ad ad

बागमती


नमूना नगर भक्तपुरले ल्यायो सवा २ अर्बको बजेट, सामाजिक क्षेत्रमा भारी विनियाेजन (पूर्णपाठ)

नमूना नगर भक्तपुरले ल्यायो सवा २ अर्बको बजेट, सामाजिक क्षेत्रमा भारी विनियाेजन (पूर्णपाठ)

नेपालखबर
असार १०, २०७९ शुक्रबार १४:१४, काठमाडौँ

भक्तपुर नगरपालिकाले २ अर्ब १८ करोडको बजेट ल्याएको छ। नगरपालिकाले बाह्य स्रोतबाट १ अर्ब ६४ करोड, आन्तरिक ४६ करोड रुपैयाँ ब्यहोरिने उल्लेख गरिएको छ। 

नगरपालिकाले शिक्षालाई प्राथमिकताका साथ अगाडि बढाएको छ।  शिक्षा तथा संस्कृति क्षेत्रमा ४२ करोड ४४ लाख ८ हजार रुपैयाँ (१९.४३ प्रतिशत) विनियोजन गरिएकोछ ।

नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पतालका लागि अनुदानबापत  ८ करोड, वडा वडामा प्राथमिक स्वास्थ्य उपचार केन्द्र निर्माणका लागि २ करोड ८३ लाख २० हजार(४.९५ प्रतिशत) विनियोजन गरिएको छ ।

नगरपालिकाभित्रका सम्पदाहरु जोगाई नयाँ पुस्ता हस्तान्तरण गर्नकोलागि सम्पदा संरक्षणमा ९ करोड (४.१२ प्रतिशत) विनियोजन गरिएको छ ।

भौतिक पूवार्धार निर्माणका लागि ३९ करोड ४८ लाख (१८.०७) विनियोजन गरिएको छ।

फोहरमैला व्यवस्थापन तथा वातावरण सुधार क्षेत्रमा १३ करोड ५० लाख (६.१८ प्रतिशत) विनियोजन गरिएको छ ।

महिला, बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण क्षेत्रमा ५१ करोड ६८ लाख रुपैयाँ (२३.६६ प्रतिशत) विनियोजन गरिएको छ ।

युवा तथा खेलकुद क्षेत्रमा ६ करोड १ लाख ९९ हजार रुपयौ विनियोजन गरिएकोछ। कृषि  एवम् बीऊ विजनका लागि कृषि क्षेत्रमा २ करोड ७ लाख रुपैया विनियोजन गरिएको छ।

प्रशासनिक व्यवस्थापनको लागि   ३८ करोड ८६ लाख ६३ हजार विनियोजन गरिएको छ । वित्तीय तर्फ ४ करोड ६० लाख विनियोजन गरिएको छ। 

भक्तपुर नगरपालिकाको चालु आ.व. को लागि कुल बजेट १ अर्ब ९३ करोड २० लाख आम्दानी हुने अनुमान गरिएकोमा २०७९ जेठ मसान्तसम्ममा यथार्थ आम्दानी जम्मा १ अर्ब १४  करोड ६० लाख (५९.३२ प्रतिशत) भएको छ ।

चालूआ.व. को ०७८/७९ को लागि चालूतर्फ १ अर्ब १० करोड २२ लाख १७ हजार २ सय विनियोजन गरिएकोमा २०७९ जेठ मसान्तसम्ममा यथार्थ खर्च ८० करोड १८ लाख ४३ हजार (७२.७५ प्रतिशत) भएको छ ।

पुँजीगततर्फ ८२ कराडे ९७ लाख ८२ हजार ८ सय विनियोजन गरिएकोमा २०७९ जेठ मसान्तसम्ममा यथार्थ खर्च ४० करोड १३ लाख २२ हजार (४८.३६ प्रतिशत) भएको छ।

चालू आ.व.मा कूल रु. १ अर्ब ९३ करोड २० लाख खर्च हुने अनुमान गरिएकोमा जेठ मसान्तसम्मको यथार्थ खर्च रु. १ अर्ब २० कराडे ३१ लाख ६५ हजार भई ६०.५५ प्रतिशत यथार्थ खर्च भएको छ ।

 चालू आवको असार मसान्तसम्ममा कुल खर्च ७१.५९ प्रतिशतसम्म पुग्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .