ad ad

बागमती


ग्यास विस्फोटका नौ घाइतेलाई उपचारका लागि एक–एक लाख सहयोग

ग्यास विस्फोटका नौ घाइतेलाई उपचारका लागि एक–एक लाख सहयोग

फाइल तस्बिर


नेपालखबर
भदौ १४, २०७९ मंगलबार ११:५३, सिन्धुपाल्चोक

खाना पकाउने ग्यास सिलिन्डर विस्फोट भएर घाइते भएका ९ जनाको उपचार गर्न सिन्धुपाल्चोकको भोटेकोसी गाउँपालिकाले आर्थिक सहयोग गरेको छ।

केही दिनअघि बौद्धको एक चिया पसलमा खाना पकाउने ग्यास विस्फोट हुँदा भएको आगलागीमा भोटेकोसी गाउँपालिकाका ७ जनासहित ९ व्यक्ति  गम्भीर घाइते भएका थिए।

उनीहरूको उपचार गर्न भोटेकोसी गाउँपालिकाले पूर्वमन्त्री तथा नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतको उपस्थितिमा सोमबार साँखुस्थित सुस्मा मेमोरियल अस्पतालमै पुगेर जनही १ लाखका दरले ९ लाख सहयोग हस्तान्तरण गरेको महाधिवेशन प्रतिनिधि युधिर पौडेलले जानकारी दिए।

पालिका अध्यक्ष पासाङ नोर्बु शेर्पा र वडा नम्बर ५ का अध्यक्ष दावात्याम्बा लामाको टिमले सहयोग जुटाएको हो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .