ad ad

बागमती


रामेछापको चिस्यान केन्द्र सञ्चालनमा ढिलाइ हुँदा किसान चिन्तामा

रामेछापको चिस्यान केन्द्र सञ्चालनमा ढिलाइ हुँदा किसान चिन्तामा

नेपालखबर
भदौ १४, २०७९ मंगलबार १९:४३, रामेछाप

प्रदेश सरकारबाट हस्तान्तरण नहुँदा रामेछापको मन्थलीमा निर्माण भएको चिस्यान केन्द्र सञ्चालन हुन ढिलाइ भएको छ। बागमती प्रदेश सरकारको रु पाँच करोड र मन्थली नगरपालिकाको रु दुई करोड लागतमा मन्थली नगरपालिका–१ स्थित सानीमदौमा निर्माण भएको सो केन्द्र सञ्चालनमा नआउँदा कृषक चिन्तामा परेका छन्। 

जिल्लामा उत्पादित कृषि उपजलाई भण्डारण गरी बेमौसममा बजारसम्म पुर्याउने उद्देश्यले चिस्यान केन्द्र निर्माण भए पनि हालसम्म प्रदेश सरकारले स्थानीय तहलाई हस्तान्तरण गरेको छैन। निर्माण कम्पनीले २०७८ असार मसान्तअघि नै कार्य सम्पन्न गर्नुपर्ने सम्झौता उल्लेख छ।    

रामेछापमा जुनार सुन्तलाजस्ता अमिलो जातका फलफूल तथा आलुलगायतका तरकारी ठूलो परिमाणमा उत्पादन हुने गर्छ। चिस्यान केन्द्र नहुँदा किसानको कतिपय उत्पादन समयमा बिक्री नहुँदा त्यतिकै नाश हुने गरेको छ। 

केन्द्र बनेपछि समय अनुकूल तरकारी बिक्री गर्न सकिने कृषकको विश्वास छ। केन्द्र निमार्ण सुरु भएयता आफूहरूले उत्पादनमा वृद्धि गरेको कृषक मीनबहादुर खड्काले बताए। समयमै चिस्यान केन्द्र नबन्दा आफूहरूले उत्पादन गरेको आलु, काउली, टमाटर सधैँ कुहिएर जाने गरेको कृषकको गुनासो छ।

‘घरनजिकै चिस्यान केन्द्र बन्छ भन्दा जति खुसी लागेको थियो, केन्द्र अलपत्र अवस्थामा पुग्दा त्यो भन्दा बढी दुःख लागेको छ’, अर्का कृषक पार्वती सुवेदीले भनिन्। 

प्रदेश सरकारले निर्माण सम्पन्न गरी स्थानीय तहलाई हस्तान्तरण गर्न ढिलाइ गर्दा चिस्यान केन्द्र अलपत्र आवस्थामा पुगेको मन्थली नगरपालिकाका महाशाखा प्रमुख हेमन्त बुढाथोकीले बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .