ad ad

बागमती


पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

पहिरो पन्छाएपछि खुल्यो नारायणगढ–मुग्लिन सडक

फाइल तस्बिर


नेपालखबर
भदौ १५, २०७९ बुधबार ११:२७, काठमाडौँ

पहिरो खस्दा अवरुद्ध भएको नारायणगढ–मुग्लिन सडकखण्ड खुलेको छ। सो सडकखण्डअन्तर्गत भरतपुर महानगरपालिका–२९ केराबारीमा आज बिहान पहिरो खसेको थियो। पहिरो पन्छाएपछि अहिले दुईतर्फी यातायात सञ्चालन भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले पहिरो पन्छाएपछि दुईतर्फी यातायात सञ्चालन भएको जानकारी दिए। सडक खुलेसँगै पहिराका कारण रोकिएका सवारीसाधन आफ्नो गन्तव्यतर्फ लागेका छन्। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .