काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नम्बर ८, छैमलको शीतलचोकमा शुक्रबार राति मिनीट्रक दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्।
प्रहरीका अनुसार शुक्रबार राति साढे ८ बजेतिर फर्पिङबाट सिस्नेरीतर्फ जाँदै गरेको बा.प्र.–०१–००४ क ०६३२ नम्बरको मिनीट्रक आफैं अनियन्त्रित भई सडकबाट खसेको हो।
उक्त ट्रकमा सवार २ जना पुरुष गम्भीर चोटपटक लागेको अवस्थामा अचेत फेला परेको प्रहरीलाई जनाएको छ।
दुर्घटनामा घाइते उनीहरूलाई प्रहरी र स्थानीयले उद्धार गरी मनमोहन अस्पताल (फर्पिङ) पुर्याएका छन्। उनीहरू बोल्न सक्ने अवस्था छैनन्।उपचार जारी रहेको प्रहरीले जनाएको छ। दुर्घटना भएको सवारीसाधन घटनास्थलमै छ।
57
Shares
प्रतिक्रिया