ad ad

बागमती


अब टेकुमा फोहोर थुप्रिँदैन

अब टेकुमा फोहोर थुप्रिँदैन

फाइल तस्बिर


नेपालखबर
भदौ २५, २०७९ शनिबार ६:३३, काठमाडौँ

चार महिनापछि टेकुस्थित ट्रान्फर स्टेसनको फोहाेर व्यवस्थापनको काम सकिएसँगै अब हरेक दिन नागरिकको घरबाट उठाइएको फोहर अन्तिम व्यवस्थापनको लागि बञ्चरेडाँडा पुर्याइने भएको छ। 

चार महिनादेखि अल्पकालीन व्यवस्थापनका लागि टेकुमा थुपारिएको फोहर बिहीबार सकिएको छ। यसअघि थुपारिएको फोहर सकिएकाले आगामी दिनमा नागरिककका घरबाट निस्किएका सबै फोहर सोही दिन बञ्चरेडाँडामा लगिने छ। अब यसअघिझैँ टेकुमा फोहर थुपारेर नराखिने बताइएको छ। 

लामो समयदेखिको फोहाेर व्यवस्थापनको काम सकिएकाले यसअघिझैँ फोहाेरका कारण काठमाडौँ उपत्यका अस्तव्यस्त नहुने कामनपाको वातावरण विभाग प्रमुख सरिता राईले बताइन्। 

सिसडोल र बञ्चरेडाँडाका स्थानीयसँग भएको सहमति कार्यान्वयनको चरणमा रहेको र कुहिने फोहाेर व्यवस्थापनको सवालमा कामपाले उपत्यकामा नै  व्यवस्थापन गर्ने गरी वैकल्पिक स्थान पहिचान गर्न सक्रिय रहेको पनि प्रमुख राईले जानकारी दिइन्।

सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीले विगतमा महानगरसँग भएको सम्झौताअनुसार सडक मर्मतको काम समयमा नै सम्पन्न नगरेको, स्थानीयलाई स्वास्थ्य, शिक्षा, रोजगारीको व्यवस्थाजस्ता माग पूरा नगरेको भन्दै कहिले फोहर बोकेको गाडी तोडफोड र कहिले सडक नै अवरोध गरेपछि चार महिनादेखि काठमाडाैँ उपत्यकाको फोहाेर टेकुमा अल्पकालीन व्यवस्थापन गर्ने गरिको थियो।

उपत्यकाको फोहाेर व्यवस्थापनका सम्बन्धमा यही भदौ पहिलो साता काठमाडौँ, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, सिसडोल र बञ्चरेडाँडाका स्थानीयवासीबीच भएको चारबुँदे सहमतिपछि भदौ पहिलो सातादेखि फोहाेर व्यवस्थापन सुरु भएको थियो।

गत फागुनदेखि कहिले सडकको कारण त कहीले स्थानीयको अवरोधका कारण नियमित उपत्यकाको फोहाेर व्यवस्थापनको काम हुन सकेको थिएन। लामो सयम नियमित फोहाेर व्यवस्थापनको काम हुन नसक्दा ट्रान्फर स्टेसनमा फोहाेरको डङ्गुर थुप्रिएको थियो। हाल कामपासहित अन्य १७ स्थानीय तहको फोहाेरको अन्तिम व्यवस्थापन बञ्चरेडाँडामा हुने गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .