ad ad

बागमती


समानुपातिक तर्फको ३२ हजार मतपत्र नुवाकोट पुग्यो

समानुपातिक तर्फको ३२ हजार मतपत्र नुवाकोट पुग्यो

फाइल तस्बिर


नेपालखबर
कात्तिक १, २०७९ मंगलबार ७:१२, काठमाडौँ

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधिसभा र र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत नुवाकोटलाई आवश्यक पर्ने समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र सोमबार नुवाकाेट पुगेको छ ।

सो निर्वाचन प्रणालीतर्फको पाँच लाख ३२ हजार थान मतपत्र रुजु गरेर भण्डारण गरिएको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए । उनका अनुसार आयोगबाट प्राप्त मतपत्रमध्ये निर्वाचन क्षेत्रअनुसार निर्वाचन अधिकृतको कार्यालयमा रुजु गरेर ठिक पाइएसँगै भण्डारण गरिएको छ ।

निर्वाचन क्षेत्र नं १ का निर्वाचन अधिकृत टेकराज भुसालका अनुसार उनको निर्वाचन क्षेत्रमा एक लाख २० हजार सात सय ५२ मतदाता रहेको स्थानमा प्रतिनिधिसभातर्फका लागि एक लाख ३३ हजार थान मतपत्र प्राप्त भएको छ ।

यस्तै प्रदेशसभा (क) मा ५९ हजार चार सय ५९ मतदाताका लागि ६६ हजार थान र प्रदेशसभा (ख) मा ६१ हजार दुई सय ९३ मतदाताका लागि ६८ हजार थान मतपत्र प्राप्त भएको छ । उक्त मतपत्र रुजु गरेर ठिक पाइएसँगै लाहाछाप लगाएको कोठामा सुरक्षा घेरामा भण्डारण गरिएको छ ।

यसैगरी निर्वाचन क्षेत्र नं २ मा एक लाख १८ हजार नौ सय ७४ मतदाताका लागि प्रतिनिधिसभातर्फ एक लाख ३१ हजार थान मतपत्र प्राप्त भएको सहायक निर्वाचन अधिकृत इन्द्रकुमार खड्काले जानकारी दिए । उनका अनुसार उक्त निर्वाचन क्षेत्रको प्रदेशसभा (क) मा ५९ हजार चार सय ५३ मतदाता र प्रदेशसभा (ख) मा ५९ हजार पाँच सय २१ मतदाताका लागि समान ६७–६७ हजार थान मतपत्र प्राप्त भएको छ । ती मतपत्र रुजु गरेर लाहाछाप लगाइएको कोठामा नेपाल प्रहरीको सुरक्षा घेरामा राखिएका छन् ।
 

जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि प्रत्यक्षतर्फ ६३ र समानुपातिकतर्फ ६४ उम्मेदवार चुनावी प्रतिस्पर्धामा रहेका छन् । निर्वाचन कार्यक्रमअन्तर्गत प्रत्यक्षतर्फको उम्मेदवारहरूका लागि ‘उम्मेदवार परिचयपत्र’ वितरणको काम सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट भइरहेको मुख्य निर्वाचन अधिकृत मदनबहादुर धामीले जानकारी दिए ।
 
आम निर्वाचनका लागि जिल्लाका दुईवटै निर्वाचन क्षेत्रमा दुई लाख ३९ हजार सात सय २६ मतदाता कायम छन् । निर्वाचनका लागि जिल्लाभरमा एक सय ३२ मतदानस्थलमा दुई सय ८८ मतदान केन्द्र कायम गरिएको जिल्ला निर्वाचन अधिकारी जयप्रसाद गौतमले जानकारी दिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .