ad ad

बागमती


ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग सुरु

ट्राफिक व्यवस्थापनमा महानगर प्रहरीको सहयोग सुरु

नेपालखबर
कात्तिक ३०, २०७९ बुधबार ११:३४, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले ट्राफिक व्यवस्थापन गर्न नगर प्रहरी खटाउन थालेको छ। 

काठमाडौंमा परिचालित हुने अधिकांश ट्राफिक प्रहरी निर्वाचनमा खटिँदा महानगरले सहयोग थालेको हो। 

नगर प्रहरी बलका प्रमुख नगर प्रहरी उपरीक्षक राजु पाण्डेका अनुसार सवारी साधनको चाप धेरै भएका समय बिहान ९ बजेदेखि ११ बजेसम्म र बेलुका ३ बजेदेखि ५ बजेसम्म मुख्य चोकहरुमा ट्राफिक प्रहरीसँगै २ जना नगर प्रहरी खटाउन थालिएको छ। 

बुधबार कोटेश्वर, बानेश्वर, गौशाला, जमल, रत्नपार्क, महाराजगञ्ज, कालीमाटी, कलंकीलगायत स्थानमा महानगर प्रहरी परिचालन भएका छन्। 

काठमाडौंका सडकमा ट्राफिक प्रहरीसँगै म्यादी प्रहरी र महानगर प्रहरी खटिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .