ad ad

बागमती


निर्वाचनका लागि गाउँ जाने बढे, काठमाडौं सुनसान

निर्वाचनका लागि गाउँ जाने बढे, काठमाडौं सुनसान

नेपालखबर
मंसिर ३, २०७९ शनिबार १५:२७, काठमाडौँ

निर्वाचनका लागि काठमाडौंबाट गाउँ जानेहरु बढेसँगै काठमाडौं सुनसान बनेको छ।

मतदान गर्न जानेहरुको संख्या बढेसँगै काठमाडौंका सडकहरु खाली देखिन थालेका छन् भने बजार पनि बन्दप्रायः छ।

काठमाडौंको कलंकी, कोटेश्वर, नयाँ बसपार्क, गौशाला लगायतका क्षेत्रमा गाउँ जानेहरु प्रशस्त भेटिएपनि काठमाडौंका भित्रि गल्लीहरुमा भने मानिसहरुको चहलपहल कमै दखिन्छ।

मंसिर ४ गते आइतबार (भोलि) एकै चरणमा प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचन हुँदैछ।

निर्वाचनमा आफ्नो मौलिक अधिकारलाई प्रयोग गर्न र देश विकासको लागि सक्षम नेतृत्व चयन गर्न बाहिरि जिल्लाहरुबाट काठमाडौं आइ बसोवास गर्नेहरु आफ्नो गृह जिल्ला फर्किंदा काठमाडौं सुनसान बनेको हो। त्यस्तै, काठमाडौंका सुनसान सडकमा सुरक्षाकर्मीहरुले भने सुरक्षा दिइरहेका छन्।

निर्वाचन बिथोल्नसक्ने सम्भावनालाई मध्यनजर गरी सुरक्षाकर्मीहरु सुरक्षाको लागि तैनाथ छन्। यतिबेला हरेक मतदान स्थलमा मतदान केन्द्रहरु धमाधम निर्माण र पूरा गर्ने काम भइरहेको छ।

निर्वाचन आयोगले भने निर्वाचन सम्बन्धी सम्पूर्ण तयारीहरु सकिसकेको जनाएको छ। निर्वाचन भोलि बिहान ४ बजेबाट साँझ ५ बजेसम्म हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .