काठमाडौं महानगरले करारमा इन्जिनियर नियुक्त गर्दा लोकसेवाका वैकल्पिक उम्मेदवारलाई प्राथमिकता दिएको छ।
काठमाडौं महानगरले सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९/८० का १५ विज्ञापनमा वैकल्पिक पर्नेले आवेदन दिन पाउने भएका छन्।
महानगरपालिकाले निर्माण गर्ने पूर्वधार सम्बन्धी कामकालागि करारमा इन्जिनियर राख्नु पर्ने भएकाले अस्थायी तथा बैकल्पिक योग्यता क्रममा भएका सिभिल, आर्किटेकट, इलेक्टिकल र स्ट्रक्चर इन्जिनियरलाई ७ दिनभित्र निवेदन दिन सूचना प्रकाशन गरेको छ।
महानगरको सूचना अनुसार आठौं दिनदेखी निवेदन दिने उम्मेदवारहरु मध्येबाट योग्यता क्रमानुसार करारमा नियुक्ति दिई कामकाजमा लगाइने उल्लेख रहेको छ।
लोकसेवाको प्रवेश पत्रको प्रतिलिपि, स्नातक पास गरेको प्रमाण र निवेदन पेश गर्न आग्रह गरेको छ।
45
Shares
प्रतिक्रिया