काठमाडौं महानगरपालिकाले आज महानगर दिवसको मुल समारोह आयोजना गर्दै छ। २८ औं महानगर दिवसको अवसरमा आज आज काठमाडौं महानगरबाट प्रवाह हुने सेवाहरु बन्द हुने जनाइएको छ।
महानगर दिवसको अवसरमा महानगरपालिकाले आज वसन्तपुरमा मुल समारोह कार्यक्रम आयोजना गर्न लागेको हो।
महानगरले २८ औं महानगर दिवस भव्य रुपमा मनाउने बताएको छ। यसअघि महिला कुर्सी दौड प्रतियोगिता, प्रमुख ११ र प्रमुख प्रशासकीय अधिकृत ११ बिच फुटबल, धिमे बाजा प्रतियोगिता लगायतका कार्यक्रमहरु महानगरले सम्पन्न गरिसकेको छ।
15
Shares
प्रतिक्रिया