ad ad

बागमती


बागमती प्रदेशसभा सदस्यहरूको सपथ ग्रहण आज हुँदै

बागमती प्रदेशसभा सदस्यहरूको सपथ ग्रहण आज हुँदै

नेपालखबर
पुस १४, २०७९ बिहिबार ११:६, काठमाडौँ

बागमती प्रदेशसभाका सदस्यहरुले बिहीबार पद तथा गोपनियताको सपथ लिँदैछन्।

प्रदेशसभाका ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले आज दिउँसोे २ बजे शपथ खुवाउने तयारी भएको हो। ७२ वर्षीय ढुंगानाले नेपालको संविधानको धारा १८२ (५) र प्रदेशसभा निर्वाचन ऐन २०७४ को दफा ७५ (१) बमोजिम बागमतीका प्रदेश प्रमुख यादव चन्द्र शर्माबाट बुधबार नै ज्येष्ठ सदस्यका रुपमा शपथ लिएका थिए। 

बागमती प्रदेशसभामा प्रत्यक्ष ६६ र समानुपातिक ४४ गरी ११० जना सांसद छन्। जसमध्ये आज १०९ सांसदले सपथ ग्रहण गर्ने कार्यतालिका रहेको छ।

जसमध्ये १३ सांसदले मातृभाषामा सथप लिने प्रदेश सभाका सचिव कृष्णहरी खड्काले जानकारी दिए। प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .