ad ad

बागमती


एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन

एमाले बागमती प्रदेशको संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन

नेपालखबर
पुस १४, २०७९ बिहिबार १३:१७, काठमाडौँ

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा जगन्नाथ थपलिया चयन भएका छन्। आज प्रेदश संसदीय दलको कर्यालय हेटौंडामा भएको एमालेको बैठकले थपलियालाई सर्वसम्मत चयन गरेको हो।

प्रदेश सभामा नेकपा एमालेले २७ सिट जितेर दोस्रो स्थानमा रहेको छ। निर्वाचित सांसदहरुले थपलियालाई सर्वसम्मत चयन गरेको छ। चितवन प्रदेश सभा क्षेत्र नम्बर १ (१) बाट निर्वाचित थपलिया केन्द्रीय सदस्य समेत हुन्।

एमाले संसदीय दलको नेतामा थपलिया निर्वाचित भए संगै उनी प्रदेशको मुख्यमन्त्रीको दाबेदार बनेका छन्। केन्द्रको पछिल्लो भागवण्डा अनुसार बागमती प्रदेशको मुख्यमन्त्री नेकपा एमालेको भागमा पर्न सक्ने सम्भावना बढेको एमाले सांसदहरु बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .