बागमती प्रदेश सभाको बैठक यही पुष १८ गते बस्ने भएको छ।
प्रदेश प्रमुख यादवचन्द्र शर्माले बागमती प्रदेश मन्त्रिपरिषद्को सिफारिस अनुसार पुस १८ गते दिउँसो १ बजे बैठक आह्वान गरेका हुन्।
बागमती प्रदेशसभाका सदस्यहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रदेशसभाका ज्येष्ठ सदस्य ७२ वर्षीय रामप्रसाद ढुंगानाले बिहीबार शपथ खुवाएका हुन्।
बागमती प्रदेशसभामा प्रत्यक्ष ६६ र समानुपातिक ४४ गरी ११० जना सांसद छन्।
प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एमालेका २७, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाका ३ र हाम्रो नेपाली पार्टीको २ जना सांसद छन्।
36
Shares
प्रतिक्रिया