ad ad

बागमती


हजार विद्यार्थीलाई न्यानो कपडा

हजार विद्यार्थीलाई न्यानो कपडा

विद्यार्थीलाई कपडा वितरण गर्दै मेयर रेनु दाहाल


नेपालखबर
पुस १४, २०७९ बिहिबार २०:२७, चितवन

भरतपुर महानगरपालिकाले ‘मेयरसँग बालबालिका कार्यक्रम’अन्तर्गत कक्षा १ देखि ५ सम्मका नौ सय ३४ विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ। महानगरको शिक्षा महाशाखाले आज भरतपुर महानगरपालिका वडा नं २८ मा रहेको आधारभूत विद्यालय सिसावास (१–८) बाट कपडा वितरण सुरु गरेको हो। 

कार्यक्रमको सुरुआत गर्दै महानगर प्रमुख रेनु दाहालले जाडो समयमा चिसोका कारण विद्यालयमा बालबालिकाको अनियमितता हुने भन्दै महानगरले विगत तीन वर्षदेखि यो कार्यक्रम  सञ्चालन गरेको बताइन्। 

यस आर्थिक वर्षमा १५ वटा सामुदायिक विद्यालयमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण गर्ने कार्यक्रमअन्तर्गत आज भरतपुर महानगरको पश्चिम क्षेत्रमा रहेका १० वटा विद्यालयका नौ सय ३४ बालबालिकालाई वितरण गरिएको हो। नारायणी नदी र राप्ती नदी तटीय क्षेत्रमा बसोबास गर्ने अल्पसङ्ख्यक, सिमान्तकृत समुदायका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिनेछ। यस आर्थिक वर्षमा न्यानो कपडा वितरणका लागि रु १५ लाख बजेट विनियोजन गरिएको छ। 

यसअघि तीन वर्षमा ४५ विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरिसकिएको छ। किशोरी छात्रालाई साइकल वितरण, लोपोन्मुख समुदायका विद्यार्थीलाई वार्षिकरुपमा रु तीन हजार छात्रवृत्ति प्रदान गरिरहेको उनले जानकारी दिइन्। अघिल्लो वर्षदेखि सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रमबाट ६ सय ९२ जना लाभान्वित भएको पौडेलको भनाइ छ। यी कार्यक्रम नियमित सञ्चालन हुने उनले बताइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .