ad ad

बागमती


बागमतीमा माओवादीले आज संसदीय दलको नेता चयन गर्ने, नेताहरू छलफलमा जुटे

बागमतीमा माओवादीले आज संसदीय दलको नेता चयन गर्ने, नेताहरू छलफलमा जुटे

नेपालखबर
पुस १५, २०७९ शुक्रबार ९:१६, काठमाडौँ

नेकपा माओवादी केन्द्र बागमती प्रदेशले संसदीय दलको नेता चयन गर्दै छ। बिहान १० बजे बस्ने बैठकले प्रदेशको संसदीय दलको नेता चयन गर्ने बताइएको छ। 

उक्त बैठकअघि माओवादी केन्द्रका प्रदेस्तरिय नेताहरु छलफलमा जुटेका छन्। अहिले नयाँ बानेश्वरमा नेताहरु दलको नेता छान्नेबारे छलफलमा जुटेका छन्। 

दलको नेतामा धेरैको दाबी देखिएपछि सहमतिमार्फत टुंग्याउनेगरी छलफल अघि बढेको हो। यसअघि प्रदेशका मन्त्री बनेका शालिकराम जम्कट्टेल, माओवादी केन्द्र बागमती प्रदेशका अध्यक्ष सरल सहयात्री पौडेल, युवराज दुलाल ‘शरद’, प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ लगायतले दलको नेतामा दाबी गरेका छन्। 

सकेसम्म सर्वसम्मत छान्नेगरी छलफल अघि बढेको हो। दलको नेता सर्वसम्मत नभएमा चुनावी प्रतिस्पर्धा हुन सक्ने बताइएको छ। दलको नेता नै मुख्यमन्त्री हुने व्यवस्था भएकाले नेताहरूबीच प्रतिस्पर्धा देखिएको छ। 

नेकपा माओवादीकातर्फबाट जम्मकट्टेललाई नै मुख्यमन्त्री बनाउने उदेश्यका साथ पुनःप्रदेश सभा सदस्यमा उम्मेदवारी दर्ता गराइएको उनीनिकट नेताहरु बताउँछन्।

अबको कार्यकालमा पनि माओवादी संसदीय दलको नेता रहेका जम्मकट्टेल एमाले–माओवादीको गठबन्धनमा पनि मुख्यमन्त्रीकै दाबेदार रहेका छन्।

उनी प्रदेश सरकार गठन भएदेखि प्रायः सत्तामै छन्। अघिल्लो कार्यकालमा एमाले–माओवादीको गठबन्धनमा बनेको प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री थिए।

प्रतिनिधि सभा सदस्यको उम्मेदवार बन्न खोजेका थिए। तर, मुख्यमन्त्रीका रूपमा दाबी गर्न पार्टीले प्रदेश सभा सदस्यको उम्मेदवार बनाएको माओवादी नेताहरू बताउँछन्।

त्यसो त मुख्यमन्त्रीमा जान पाउने सम्भावना बढेसँगै संसदीय दलको नेता चयनमा समेत पछिल्लो समय प्रतिस्पर्धा नै देखिने भएको छ।

जम्मकट्टेलले पुनः संसदीय दलको नेतामै आंकाक्षा देखाइरहेका छन् भने अर्का आकांक्षी सरल सहयात्री पौडेलबीच प्रतिस्पर्धा हुने देखिएको छ। एकले अर्कोलाई सजिलै छाड्ने स्थिति नभएपछि चुनावसमेत हुन सक्ने सांसदहरूले बताएका छन्। 

यसअघि दलको नेता जमकट्टेल भइसकेकाले यस पटक पौडेलले आफू हुनुपर्ने दाबी प्रस्तुत गरेका छन्।

पौडेल माओवादीको बागमती प्रदेश अध्यक्षसमेत रहेकाले उनी आफू दलको नेता बन्दै मुख्यमन्त्री बन्नुपर्ने बताउँछन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .