ad ad

बागमती


संसदीय दलको नेता चयन नभएपछि पाैडेलको प्रतिक्रिया : छिर्के लगाएर जनताको मन जितिँदैन

संसदीय दलको नेता चयन नभएपछि पाैडेलको प्रतिक्रिया : छिर्के लगाएर जनताको मन जितिँदैन

फाइल।


नेपालखबर
पुस १६, २०७९ शनिबार १७:३८, काठमाडौँ

लामो रस्साकस्सीपछि नेकपा माओवादी केन्द्र बागमती प्रदेशले संसदीय दलको नेता चयन गरेको छ। शुक्रबार र शनिबार काठमाडौंमा चलेको प्रदेशस्तरिय बैठकले दलको नेतामा जमरकट्टेललाई चयन गरेको हो। 

दलको नेतामा आफ्नो सशक्त दाबी प्रस्तुत गरेका प्रदेशसभा सदस्य सरल सहयात्री पौडेलले भने असन्तुष्टि व्यक्त गरेका छन्। अन्तिम समयसम्म पनि सहमति हुन नसकेपछि निर्वाचनमा जानपर्ने जोड गर्दै आएका सहयात्रीले आफूलाई ‘छिर्के’ लगाएर लडाइएको प्रतिक्रिया दिएका छन्। 

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी बैठकमा पटक पटक निर्वाचनमा जानपर्ने भनाई राखेका पौडेल जमरकट्टेलको नाममा सहमति जुट्न दबाब बढेपछि बैठकस्थल नै छाडेर हिँडेका थिए। 

पेरिसडाँडाबाट बाहिर निस्किएपछि उनले सामाजिक सञ्जालमार्फत आफ्नो रोष व्यक्त गरेका छन्। ‘गेम जितिने स्वस्थ प्रतिस्पर्धाले हो। छिर्के लगाएरपनि गेम त जितिन्छ तर मन जितिँदैन,’ पौडेलले सामाजिक सञ्जालमा लेखेका छन्, ‘जब सम्म मन जितिँदैन केहीपनि जितिदैन। म हरेकपटक छिर्के लगाएर लडाइएपनि धुलो टक्टक्याउदै कुदिरहेको धावक हुँ।’

जमरकट्टेल धादिङ क्षेत्र नम्बर १ (ख) बा निर्वाचित भएका हुन् भने पौडेल सिन्धुपाल्चोक क्षेत्र नम्बर १ (ख) बाट निर्वाचित भएका हुन्।

बागमती संसदीय दलको नेताका लागि शालिकराम जमरकट्टेल, युवराज दुलाल सरद र सरल सहयात्री पौडेलले इच्छा देखाएका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .