ad ad

बागमती


एकीकृत समाजवादीले बागमती संसदीय दलको नेता चयन भोलिसम्ममा गर्ने

एकीकृत समाजवादीले बागमती संसदीय दलको नेता चयन भोलिसम्ममा गर्ने

नेपालखबर
पुस १७, २०७९ आइतबार १३:५२, काठमाडौँ

नेकपा एकीकृत समाजवादी बागमती प्रदेशले सोमबार सम्म संसदीय दलको नेता चयन गर्ने भएको छ।

बागमती प्रदेशमा कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाले दलको नेता छनोट गरिसक्दा एकीकृत समाजवादीले भने प्रदेश सभाको पहिलो बैठक बस्नु अघि पुस १८ गते अर्थात भोलि आफ्नो संसदीय दलको नेता चयन गर्ने बताएको हो।

प्रदेशसभाको पहिलो बैठक बोलाइएको अवस्थामा त्यो भन्दाअघि नै दलको नेता छनोट गर्ने तयारीमा एकीकृत समाजवादी छ।

आज स्थायी कमिटी बैठक बोलाइएको र भोलिसम्म दलको नेता चयन हुने चितवन १ (१) बाट निर्वाचित प्रदेशसभा सदस्य कृष्णप्रसाद खनाल शर्माले बताए।

‘भोलि १ बजे बस्ने बैठक भन्दा अगाडि संसदीय दलको नेता यो हो भनेर बुझाउन हामी प्रयत्नरत छौं। भोलि सम्ममा एकीकृत समाजवादीले बागमती संसदीय दलको नेता टुंगो लगाउँछ,’ उनले नेपालखबरसँग भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .