ad ad

बागमती


बागमती प्रदेश सभामुखको निर्वाचन पुस २९ गते

प्रदेश सभा बैठकमा ५ वटा अध्यादेश टेबल
बागमती प्रदेश सभामुखको निर्वाचन पुस २९ गते

नेपालखबर
पुस १८, २०७९ सोमबार १५:५६, हेटाैँडा

बागमती प्रदेश सभाका सभामुख र उपसभामुखको निर्वाचन यही पुस २९ गते हुने भएको छ।

सोमबार बसेको प्रदेशसभाको पहिलो बैठकले सभामुख र उपसभामुखको चयनका लागि यही पुस २९ गते शुक्रवार विहान ११ बजे निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरेको हो

यस्तै, बैठकले प्रदेशसभा नियमावली २०७४ (पहिलो संशोधनसमेत) लाई अंगिकार गरी बैठक सञ्चालन गर्ने प्रस्ताव बहुमतले पारित गरेको हो

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्ण प्रसाद शर्मा खनालले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्तहरु सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७९ र स्थानीय तहका सेवाको गठन तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ टेबल गरेका थिए।

त्यसैगरी, संस्कृति तथा पर्यटनमन्त्री दिपेन्द्र श्रेष्ठले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश टेबल गरेका थिए। बैठकमा कृषि तथा पशुपन्छी विकासमन्त्री बसुन्धरा हुमागाईले प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ पेश गरेका थिए। 

यसैगरी, उद्योग वाणिज्य तथा आपुर्तिमन्त्री मिलनबाबु श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा सञ्चालनको सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश २०७९ टेबल गरेका थिए।

बैठकमा प्रदेशसभा नियामावाली पहिलो संशोधन २०७४ को नियम ११ उपनियम १ बमोजिम सभामुख र उपसभामुखको अनुपस्थितमा बैठकको अध्यक्षता गर्न प्रदेशसभाका सदस्यहरू उर्मिला नेपाल, भारती पाठक, ठाकुर प्रसाद ढकाल, लक्ष्मी घिमिरे, राजेन्द्रमान श्रेष्ठलाई मनोनित गरेको छ। आज बसेको प्रदेशसभाको पहिलो बैठकको अध्यक्षता ज्येष्ठ सदस्य रामप्रसाद ढुंगानाले गरेका थिए।
 
प्रदेशसभाको दोस्रो बैठक पुस २९ गते विहान ११ बजे बस्ने निर्णय भएको छ। सोही दिन सभामुख उपसभामुखको निर्वाचन हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .