बागमती प्रदेश सरकारले प्रदेशभित्रका पाँच स्थानीय तहलाई पिछडिएको क्षेत्र घोषणा गरेको छ। प्रदेशका ११९ स्थानीय तहमध्ये मानव सूचकांकका दृष्टिले सबैभन्दा पछाडि भएका पाँच पालिकालाई पिछडिएको क्षेत्र तोकिएको हो।
बागमती प्रदेशको मन्त्रिपरिषद् बैठकले पिछडिएको क्षेत्र तोकेका पालिकामा धादिङ जिल्लाको रुवीभ्याली गाउँपालिका, सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका, सिन्धुलीको घ्याङखोला गाउँपालिका, रसुवाको नौकुण्ड गाउँपालिका र मकवानपुरको कैलाश गाउँपालिका छन्।
प्रदेश निजामती सेवा अध्यादेश २०७९ र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०७९ पदपूर्तिसम्बन्धी विशेष व्यवस्थाका लागि प्रदेश सरकारले प्रदेशका पाँच पालिकालाई पिछडिएको क्षेत्र तोकेको हो।
प्रदेश सरकारले हरेक तीन वर्षमा मानव सूचकांकमा सबैभन्दा पछाडि परेका पाँचवटा पालिका तोकेर प्रदेश राजपत्रमा प्रकाशित भएका पालिकाका उम्मेदवारबीच छुट्टै प्रतिस्पर्धा गराउने व्यवस्था अध्यादेशमा गरिएको छ।
Shares
प्रतिक्रिया