ad ad

बागमती


बागमती प्रदेश : मुख्यमन्त्रीको दाबी पेश सोमबारसम्म गर्न निर्देशन

बागमती प्रदेश : मुख्यमन्त्रीको दाबी पेश सोमबारसम्म गर्न निर्देशन

नेपालखबर
पुस २१, २०७९ बिहिबार ११:२१, काठमाडौँ

बागमती प्रदेशमा मुख्यमन्त्री नियुक्तको लागि पुस २५ गते सोमबार सम्ममा दाबी पेश गर्न माग गरेको छ। प्रदेशको मुख्यमन्त्रीको लागि बहुमतको समर्थन सहित प्रदेश प्रमुख यादव चन्द्र शर्मा समक्ष सोमबार अपरान्ह ४ बजेसम्म दाबी पेश गर्न निर्देशन दिएको हो। 

‘बागमती प्रदेशको मुख्यमन्त्रीको लागि कुनैपनि दलको स्पष्ट बहुमत प्राप्त गरेको नदेखिएकोले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभमा प्रतिनिधित्व गर्ने दुई वा दुई भन्दा बढि दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभाको सदस्यलाई प्रदेशको मुख्यमन्त्री नियुक्त गर्नका लागि यहि पौष २५ गते सोमबार ४ बजेभित्र दाबी पेश गर्न अनुरोध छ,’ सुचनामा भनिएको छ।

बागमती प्रदेशमा मुख्यमन्त्रीका लागि तीन राजनीतिक दलले आकांक्षा देखाएका छन्। नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मुख्यमन्त्रीको लबिङ गरिरहेका छन्।

यद्यपी, गठबन्धनमा नै रहेका राजनीतिक दलहरूका कारण ती मध्ये एक दलले बागमतीको मुख्यमन्त्री पाउने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .