ad ad

बागमती


बागमतीका मुख्यमन्त्रीको पहिलो निर्णय : मन्त्रालय घटाउने

बागमतीका मुख्यमन्त्रीको पहिलो निर्णय : मन्त्रालय घटाउने

तस्बिर : सुनिता विष्ट/नेपालखबर


नेपालखबर
पुस २६, २०७९ मंगलबार ११:३१, हेटाैंडा

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले बागमती प्रदेशमा मन्त्रालयको संख्या घटाउने निर्णयमा पहिलो हस्ताक्षर गरेका छन्।

मंगलबार बिहान मुख्यमन्त्रीको सपथ लिएपछि पदभार ग्रहण गर्दै मुख्यमन्त्री जम्कट्टेलले मन्त्रालयको संख्या कटौति गर्न मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा निर्माण गरिएको कार्यदलको निर्णयमा हस्ताक्षर गरेका हुन्। कार्यदलले १५ दिनभित्र प्रदिवेदन पेश गर्ने छ।

पदभार ग्रहणपछि प्रतिक्रिया दिँदै जम्कट्टेलले आम जनगुनासोलाई संवोधन गर्दै प्रदेशमा मन्त्रालयको संख्या कटौती गर्ने निर्णय गरिएको बताए।

यसैअनुरुप पहिलो कामको रुपमा सबैको गुनासोको रुपमा रहँदै आएको मन्त्रालयको संख्या घटाउने निर्णय गरेको उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .