ad ad

बागमती


बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले माघ ३ गते विश्वासको मत लिने

बागमतीका मुख्यमन्त्री जम्मरकट्टेलले माघ ३ गते विश्वासको मत लिने

नेपालखबर
पुस २७, २०७९ बुधबार ११:५३, हेटाैंडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मरकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका छन्। सोमबार बागमती प्रदेशको चौथो मुख्यमन्त्रीमा नियुक्त भएका जम्मकट्टेलले माघ ३ गते विश्वासको मत लिने भएका हुन्।

माघ ३ गते प्रदेशसभा समक्ष विश्वासको मत लिने बारेमा प्रदेशसभालाई जानकारी गराइसकिएको बागमती प्रदेश सरकारका प्रवक्ता एवमं आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले बताए। जम्मकट्टेल प्रदेशसभाको ५ दलको ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका थिए। 

उनलाई नेकपा एमालेको २७, नेकपा माओवादी केन्द्र केन्द्रको २१, राप्रपाको १३, नेकपा एकीकृत समाजवादीको ७ र हाम्रो नेपाली पार्टीको २ सांसदको समर्थन छ।

११० सदस्यीय बागमती प्रदेशसभामा ३७ सिट रहेको नेपाली कांग्रेस प्रमुख प्रतिपक्षी र ३ सिट रहेको नपाल मजदुर किसान पार्टी मात्रै प्रतिपक्षमा छ। 

मंगलबार प्रतिनिधिसभामा माओवादी नेतृत्वको सरकारलाई कांग्रेसले समर्थन गरेको कारण प्रदेशमा पनि कांग्रेसको समर्थन रहन सक्ने सम्भावना देखिन्छ। ७० सांसदको समर्थनमा मुख्यमन्त्री बनेका जम्मकट्टेललाई कांग्रेसले पनि विश्वासको मत दिए उनको समर्थनमा १०७ मत हुने छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .