ad ad

बागमती


बागमतीको उपसभामुखमा एकीकृत समाजवादीले मत नदिने

बागमतीको उपसभामुखमा एकीकृत समाजवादीले मत नदिने

नेपालखबर
माघ २, २०७९ सोमबार १५:२३, हेटाैँडा

बागमती प्रदेश सभाको उपसभामुख निर्वाचनमा नेकपा एकीकृत समाजवादीले मत नदिने भएको छ।

शुक्रबार भएको सभामुख निर्वाचनमा पनि तटस्थ बसेको एकीकृत समाजवादीले उपसभामुखलाई पनि मत नदिने समाजवादीका प्रदेश सांसद कृष्णप्रसाद शर्मा खनालले नेपालखबरसँग बताए। 

‘सरकारलाई समर्थन गरेका हौं। यसको अर्थ हरेक कुरामा समर्थन गर्नुपर्छ भन्ने होइन’ उनले भने, ‘सभामुख निर्वाचनमा जसरी नै बैठकमा सहभागी हुन्छौं, तर तटस्थ बस्ने हो।’

उपसभामुखको लागि अहिले प्रदेश सभा भवनमा निर्वाचनको तयारी भैरहेको छ। उपसभामुखको लागि ३ जनाको उम्मेदवारी दर्ता भएको छ।

सत्ता गठबन्धनका साझा उम्मेदवार एमालेकी अप्सरा चापागाईं, कांग्रेसकी सुना परियार र नेमकिपाकी गीता काफ्लेबीच प्रतिस्पर्धा हुँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .