ad ad

बागमती


बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई १०५ सांसदको समर्थन

नेमकिपाबाहेक सबै दलले दिए विश्वासको मत
बागमतीका मुख्यमन्त्री जम्मकट्टेललाई १०५ सांसदको समर्थन

नेपालखबर
माघ ३, २०७९ मंगलबार १६:४९, हेटाैँडा

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत पाएका छन्।

मंगलबार भएको मतदानमा ११० सदस्यीय बागमती प्रदेशसभाका १०५ सदस्यले मुख्यमन्त्री जमकट्टेललाई विश्वासको मत दिएका छन्। विश्वासको मतका लागि उनलाई ५६ मत भए पुग्थ्यो।

उनको विपक्षमा ३ जनाले मात्रै मत दिए। सभामुख भुवनकुमार पाठक विश्वासको मतमा सहभागी भएनन्। राप्रपाको एक संसद अनुपस्थित भएका थिए।

प्रदेशसभाको ७ वटा राजनीतिक दलमध्ये ३ सदस्यीय नेपाल मजदुर किसान पार्टी मात्रै मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा उभिएको हो।

मुख्यमन्त्री जमकट्टेललाई नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, राष्ट्रिय प्रजातन्त्र पार्टीका १३, नेकपा एकीकृत समाजवादीका ७ र हाम्रो नेपाली पार्टीका २ जनाले विश्वासको मत दिएका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .