बागमती प्रदेशका मन्त्रालय बागमती प्रदेशमा मन्त्रालयको संख्या निर्धारण गर्न बनेको अध्ययन कार्यदल समितिले आज प्रतिवेदन बुझाउँदै छ।
हिजो बुझाउने भनिएको प्रतिवेदन मुख्यमन्त्री शालिकराम जम्मकट्टेल समयमा हेटौंडा नआइपुग्दा आज बुझाइने तयारी भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले बताए।
मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले गत पुस २६ गते मुख्यमन्त्रीको पदभार ग्रहण गरे लगत्तै बागमतीमा मन्त्रालय घटाउनको लागि सोही दिन मन्त्रालय निर्धारण गर्न समिति गठन गरेका थिए।
सोही गठित कार्यदलले प्रदेशमा रहेका मन्त्रालयको अध्ययन पश्चात् मन्त्रालय संख्या निर्धारण गर्दै मुख्यमन्त्री जम्मकट्टेललाई सुझावसहितको प्रतिवेदन बुझाउन लागेको हो। अबको केहिबेरमा प्रतिवेदन बुझाइने प्रमुख सचिव निरौलाले बताए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाको संयोजकत्वमा जम्मकट्टेलले पाँच सदस्यीय कार्यदललाई १५ दिनभित्र प्रदेशको मन्त्रालयको अध्ययन गरेर संख्या निर्धारण गर्दै प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए।
प्रतिवेदनमा साविकको १४ मन्त्रालयहरुको अध्ययन गरेर १० र ११ को विकल्प निकालेको निरौलाले बताए। उनका अनुसार ११ मन्त्रलाय हुने सम्भावना बलियो देखिएको छ।
हाल बागमती प्रदेशमा १४ वटा मन्त्रालय रहेको छ। प्रदेशको पहिलो मुख्यमन्त्री डोरमणी पौडेलको कार्यकालमा सात मन्त्रालय थिए।
प्रदेशको दोस्रो मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालयबाट स्वास्थ्य मन्त्रालयलाई विभाजन गरेर मन्त्रालयको संख्या ८ पु¥याएकी थिइन्।
त्यसपछि प्रदेशको तेस्रो मुख्यमन्त्री राजेन्द्र पाण्डेले गठबन्धन दलहरुमा भागवण्डा पुयाउन ८ मन्त्रालयबाट एकैपटक १४ पुर्याएका थिए।
मन्त्रालयको संख्या बढ्दा आर्थिक भार पनि बढेको भन्दै सर्वत्र आलोचना भएपछि प्रदेशको दोस्रो कार्यकालका पहिलो मुख्यमन्त्री जम्मकट्टेलले आफ्नो पहिलो निर्णय नै मन्त्रालय समायोजन गर्ने रहेको घोषणा गरेका थिए।
Shares
प्रतिक्रिया