मकवानपुरको विकट गाउँमा भीरबाट लडेर एक जनाको मृत्यु भएको छ।
शनिबार साँझ राक्सिराङ गाउँपालिका वडा नम्बर–२ देउरालीमा सोही वडाको चनौटा बस्ने अन्दाजी ५० वर्षीय माइला थिङको भीरबाट लडेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
थिङ बिहेमा सहभागि भएर घर फर्कँदै गरेको अवस्थामा भीरबाट लडेर अन्दाजी १५० मिटर तल खसेको र घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी सहायक निरीक्षक सीताराम सुवेदीको कमान्डमा प्रहरी टोली घटनास्थल पुगेको थियो।
27
Shares
प्रतिक्रिया