मकवानपुरको राक्सिराङ गाउँपालिकामा सडेको अवस्थामा एक महिलाको शव फेला परेको छ।
उक्त शव सोही गाउँपालिका वडा नम्वर ८ भाईढुलकी फूलमाया प्रजाको रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
३७ वर्षीया प्रजा शनिबार साँझ ६ बजेको समयमा रुखमा झुन्डिएको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए। उनका अनुसार, मृतक प्रजा गत माघ ५ गतेदेखि बेपत्ता रहेकी थिइन्।
जंगलमा घाँस काट्न भन्दै घरबाट गएकी उनी बेपत्ता भएकी थिइन्। आफ्नै घरदेखि अन्दाजी ५०० मिटर पूर्वतर्फ जन–कल्याण सामुदायिक वनमा कुन्डलको रूखको हाँगामा नाम्लोको डोरीले पासो लगाइ झुन्डिएको अवस्थामा उनको शव फेला परेको हो।
मृतक प्रजाको शव सडेर किरा समेत परिसकेको अवस्थामा फेला परेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए।
54
Shares
प्रतिक्रिया