ad ad

बागमती


बागमती : नीति तथा योजना आयोगको सदस्यमा श्रेष्ठ र खनाल नियुक्त

बागमती : नीति तथा योजना आयोगको सदस्यमा श्रेष्ठ र खनाल नियुक्त

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक


नेपालखबर
फागुन ५, २०७९ शुक्रबार १२:३६, हेटौँडा

बागमती प्रदेशको मन्त्रिपरिषद् बैठक आज बिहान (शुक्रबार) सम्पन्न भएको छ।

बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा दुईजनालाई नियुक्ति गरेको छ। डाक्टर दीपेन्द्र श्रेष्ठ र डाक्टर जयन्त खनाललाई आयोगको सदस्य पदमा नियुक्ति गरिएको प्रदेश सरकारका प्रवक्ता तथा आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले जानकारी दिए। 

यसैगरी कर्मचारीसम्बन्धी कानुनका विषयमा संसद्‌मा छलफलका लागि लैजाने निर्णय भएको मन्त्री थपलियाले जानकारी दिए।

यसैगरी मन्त्रिपरिषद्को बैठकले प्रदेशमा खर्च कटौतीको प्रस्ताव पारित गरेको छ। यो प्रस्ताव पारित भएसँगै यथाशीघ्र कार्यान्वयनमा जाने समेत उनले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .