हेटौँडा उपमहानगरपालिकाले सडक कब्जा गरि निर्माण गरिएका अवैध घर टहरा भत्काएको छ।
शुक्रबार हेटौँडा ६ र १५ को सिमानामा रहेको सडकको जमिन कब्जा गरी निर्माण भएका अवैध घर टहरा भत्काएको हो।
हटिया– रातोमाटे सडक खण्डको हेटौंडा ६ चित्रेपानीमा सार्वजनिक जमिन र सडक पेटिको भाग कव्जा गरी निर्माण गरेर बनाइएको घर टहरा उपमहानगरबाट खटिएको नगरप्रहरी र नेपाल प्रहरीको टोलीले भत्काएको उपमहानगरपालिकाका प्रेस संसयोजक राजन दाहालले जानकारी दिए।
जमिन कब्जा गरी निर्माण भएका १० वटा जस्ता लगाएको र ५ वटा निर्माणको क्रममा रहका टहरा भत्काइएको छ। नगरक्षेत्रमा सार्वजनिक जमिन कव्जा गरी निर्माण गरिएका अवैध संरचना हटाउने अभियानमा उपमहानगरले तीव्रता दिइरहेको छ।
30
Shares
प्रतिक्रिया