ad ad

बागमती


चितवनमा गैँडाको आक्रमणबाट  मृत्यु

चितवनमा गैँडाको आक्रमणबाट  मृत्यु

फाइल तस्बिर


नेपालखबर
फागुन ९, २०७९ मंगलबार ११:३७, चितवन

पूर्वी चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा रत्ननगर नगरपालिका वडा नं ९ का ६० वर्षीय चन्द्रबहादुर तामाङ छन्। 

चितवन राष्ट्रिय निकुञ्जका अनुसार आज बिहान बाटोमा हिँड्ने क्रममा रत्ननगर–९ लालपर्सा नजिक उनलाई गैँडाले आक्रमण गरेको हो।

 बिहान ६ बजे तामाङ मृतावस्थामा भेटिएको र घटनाको प्रकृति एवं चोट हेर्दा गैँडाको आक्रमण गरेको देखिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताए। 

चालु आर्थिक वर्षमा वन्यजन्तुको आक्रमणबाट जिल्लामा पाँच जनाले ज्यान गुमाएका छन्। ज्यान गुमाउनेमा बाघको आक्रमणबाट एक, हात्तीको आक्रमणबाट एक र गैँडाको आक्रमणबाट तीन जना रहेको उनले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .