नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले १ लाख १ हजार १ सय ११ रुपैयाँ राशिको ‘आदर्श पत्रकारिता पुरस्कार’ घोषणा गरेको छ।
शाखाको सदस्य रहि निरन्तर पत्रकारिता क्षेत्रको आदर्श र गौरवलाई उच्च राख्ने आदर्श पत्रकारलाई यो पुरस्कार दिइने बताइएको छ।
चैत्र २५ गते हुन गइरहेको साधारणसभाको अवसरमा उक्त पुरस्कार वितरण गरिने छ।
शंखरापुर नगरपालिकास्थित जहरसिंहपौवामा बसेको बैठकले साधारणसभा सम्पन्न गर्न अध्यक्षको संयोजकत्वमा ५१ सदस्यीय समिति बनाउने निर्णय गर्नुको साथै समसामयिक बिषयमा ९ बुँदे शंखरापुर घोषणा पत्र समेत जारी गरेको छ।
45
Shares
प्रतिक्रिया