मकवानपुरको एक विद्यालयमा शिक्षकको कुटपिटबाट एक विद्यार्थी घाइते भएका छन्। जिल्लाको हेटौंडा ५ मा रहेको सिद्धार्थ शिशु सदन विद्यालयकी एक शिक्षिकाले विद्यार्थीलाई घाइते हुने गरी कुटपिट गरेको खुलेको हो।
आइतबार कक्षा ४ मा अध्यनरत आयाम लामिछानेलाई सोही विद्यालयकी शिक्षिका बिना लामाले कुटपिट गरेको विद्यार्थीका अभिभावकले बताएका छन्।
आइतबार दिउँसो कक्षाकार्य गर्ने क्रममा लेख्नलाई ढिलो गरेको भन्दै ती शिक्षिकाले पिटेको पीडित लामिछानेले बताए।
विद्यालय सकेर घर गएपछि ज्वरो आएर सुतेका उनलाई अस्पताल लान कपडा लगाइदिने क्रममा खुट्टाको तिख्रा र पिँडुलामा निलडाम देखेपछि के भएको भनेर उनकी हजुरआमाले सोध्दा मिसले स्कुलमा पिटेको भन्ने जवाफ दिएका थिए।
राति अस्पताल लगेपछि विद्यालय प्रशासनलाई जानकारी गराउँदा पनि वेवास्ता गरेको भन्दै अभिभावकहरू आक्रोशित बनेका छन्।
लामिछानेलाई निर्घात पिट्ने ती शिक्षिका विद्यार्थी पिटेकै कारण यो भन्दा अघि हेटौंडाकै २ वटा विद्यालयबाट निकालिएको बुझिएको छ।
कुटपिट गर्ने शिक्षिकाले अभिभावकसँग माफी माग्नुपर्ने र उनलाई बर्खास्त गर्नुपर्ने भन्दै पीडित बालकका अभिभावक तथा आफन्त विद्यालयमा पुगेका थिए ।
तर विद्यालय प्रशासनले घटना लुकाउन हरसम्भव प्रयास गरेको उनीहरुको आरोप छ। विद्यालयका प्रध्यानाध्यापक निर्मल पराजुली तथा वडाका जनप्रतिनिधिहरुले अभिभावकलाई मिल्न दबाब दिएका थिए।
Shares
प्रतिक्रिया