ad ad

बागमती


मकवानपुरमा भालुको आक्रमणबाट २ जना घाइते

मकवानपुरमा भालुको आक्रमणबाट २ जना घाइते

फाइल तस्बिर


नेपालखबर
चैत १९, २०७९ आइतबार ८:२, हेटौँडा

मकवानपुरको मनहरीमा भालुको आक्रमणबाट दुईजना घाइते भएका छन्। भालुको आक्रमणबाट मनहरी-६ का ४३ वर्षीय बलबहादुर राई र सोही स्थानका ३५ वर्षीय जय राई घाइते भएको मकवानपुर प्रहरीले जनाएको छ। 

उनीहरुलाई शनिबार बिहान मनहरी-६ प्रतापपुरस्थित पर्सा राष्ट्रिय निकुन्ज बफरजँङको जंगलमा भालुले आक्रमण गरेको मकवानपुर प्रहरी प्रवक्ता डीएसपी टेकबहादुर कार्कीले बताए।

राईद्वय  जंगलमा हराइरहेका गाईभँसी खोज्न गएका थिए। घाइतेको चितवनको भरतपुर अस्पतालमा  उपचार भइरहेको र अवस्था खतरामुक्त रहेको जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .