चितवनमा बसले साइकललाई ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको छ। प्रहरीका अनुसार दुर्घटनामा रत्ननगर नगरपालिका–१ का ७५ वर्षीय कुलप्रसाद पराजुलीको मृत्यु भएको हो।
पूर्वी चितवनको बकुलर चोकमा भरतपुरबाट टाँडीतर्फ जाँदै गरेको बा४ख ८९१६ नम्बरको बसले पराजुली सवार साइकललाई ठक्कर दिएको हो।
ठक्करबाट घाइते पराजुलीको चितवन मेडिकल कलेजमा उपचारका क्रममा बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। दुर्घटना बिहान १० बजे भएको हो। ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
15
Shares
प्रतिक्रिया