राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका जिल्ला उपाध्यक्ष शंकरसिंह ठकुरीले पार्टी परित्याग गरेका छन्।
सामाजिक सञ्जाल फेसबुक मार्फत उनले उपाध्यक्ष पदसहित राप्रपा परित्याग गरेको सार्वजनिक गरेका हुन्।
१८ वर्षसम्म राप्रपाको राजनीतिमा सक्रिय रहेर विभिन्न जिम्मेवारीमा रहेका ठकुरीले पार्टी परित्यागपछि पार्टीमा अवसरवाद हाबी भएको कारण आफूले पार्टी परित्याग गरेको बताएका छन्।
पार्टीमा लाग्दा केही पवित्र उदेश्य राखेको तर ति उदेश्यहरु राप्रपाबाट पुरा नहुने देखेपछि आफूले परित्याग गरेको उनको भनाई छ।
72
Shares
प्रतिक्रिया