ad ad

बागमती


काठमाडौंमा होटलभित्र युवक र युवती झुन्डिएको अवस्थामा मृत भेटिए

काठमाडौंमा होटलभित्र युवक र युवती झुन्डिएको अवस्थामा मृत भेटिए

नेपालखबर
जेठ २९, २०८० सोमबार २०:५०, काठमाडौँ

काठमाडौँ गोँगबुस्थित एक होटलमा युवक-युवती मृत फेला परेका छन्। टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलमा आज बिहान युवक-युवती मृतावस्थामा फेला परेका हुन्। 

जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक सीताराम रिजालले टोखा नगरपालिका–९ स्थित ग्रिन नेपाल होटलको कोठाभित्रको बाथरुममा केटा र कोठाभित्र केटी झुन्डिएको अवस्थामा फेला परेको जानकारी दिए।

मृत्यु हुनेमा गोरखा सहिद लखन गाउँपालिका–१ घर भएका दिनेश सार्की र तनहुँ व्यास नगरपालिका–१० दमौली घर भएकी मुस्कान वयक रहेको प्रवक्ता रिजालले बताए।

बिहान होटलका कामदारले खाना खानका लागि बोलाउन जाँदा नबोलेपछि प्रहरीलाई खबर गरेर ढोका फुटाउँदा महिला कोठाभित्र र पुरुष बाथरुमभित्र चुकुल लगाएर झुन्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .