बागमती प्रदेश सभा परिसर जलमग्न भएको छ।
लगभग ३० मिनेट परेको पानी रोकिएको १ घन्टा बित्दापनि जम्मा भएको पानी पास भएको छैन।
पानीका कारण सांसदहरुलाई प्रदेश सभाहल प्रवेश गर्न सकस भएको छ।
गत असार १ गते पारित भएको आर्थिक वर्ष २०८०/०८१ को बजेटको सन्दर्भमा छलफल गर्न आज बैठक बस्न लागेको हो।
प्रतिक्रिया