मकवानपुरको हेटौँडामा बस दुर्घटना भएको छ।
पूर्व-पश्चिम राजमार्ग अन्तर्गत हेटौंडा ११ मा शुक्रबार दिउँसो अनियन्त्रित भएर बस पल्टिँदा ३७ जना घाइते भएका छन्।
नारायणगढबाट जनकपुरतर्फ जाँदै गरेको ना ६ ख ९८०४ नम्बरको बस सडकबाट करिब एकसय मिटर तल खसेको हो। घाइते मध्ये १० जनाको हेटौंडा–११ मा रहेको चुरेहिल अस्पतालमा र २७ जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
बस आफैं अनियन्त्रित भएर सडबाट तल खसेको बताइएको छ। सोही स्थानमा सडक निर्माणको काम भैरहेकोले चालक झुक्किएको हुनसक्ने अनुमान गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले जानकारी दिए।
दुर्घटनाका विषयमा थप अनुसन्धान भैरहेको बताउँदै उनले चालक सम्पर्कमा नआएको बताए।
45
Shares
प्रतिक्रिया