ad ad

बागमती


ढुसी परेको पेय पदार्थ बेच्ने बिक्रेतालाई महानगरले तिरायो डेढ लाख जरिवाना

ढुसी परेको पेय पदार्थ बेच्ने बिक्रेतालाई महानगरले तिरायो डेढ लाख जरिवाना

नेपालखबर
भदौ १०, २०८० आइतबार १५:४३, काठमाडौँ

काठमाडौं महानगरपालिकाले ढुुसी परेको पेय पदार्थ बेच्ने बिक्रेतालाई डेढ लाख जरिवाना गराएको छ। काठमाडौंको पुतलीसडकस्थित कालिञ्चोक ट्रेडिङ नेपाललाई महानगरले डेढ लाख जरिवाना गराएको हो। 

शुक्रबार अनुगमनको क्रममा १ थान सिसाको बोत्तलमा ढुसी लागेको पेय पदार्थ भेटिएको थियो।

जार व्यवस्थापन तथा अनुगमन ऐन, २०७७ को दफा २९ को खण्ड ‘ङ’ बमोजिम जरिवना गरिएको पत्रमा उल्लेख छ।

जरिवाना ७ दिनभित्र जरिवाना तिर्न समय दिएको छ। सात दिनभित्र जरिवाना नतिरे आवश्यक कारबाही प्रक्रियामा जाने महानगरले बताएको छ।

‘अखाद्य पदार्थ देखिएका उत्पादन तुरुन्त फिर्ता लैजानु पर्नेछ। सिलबन्दी राम्रो नभएको बोतल कम्पनीबाट गर्नु र डिस्टिब्युटरबाट रिटेलरमा सामग्री दिँदा पूर्णरुपमा चेक जाँच गरेर मात्र पठाउनु होला,’ जरिवाना गरेको पत्रमा उल्लेख छ। 

महानगरको सूचनाः 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .