काठमाडौंको तीनकुनेमा पर्ने गैरीगाउँमा एकै परिवारका ३ सदस्यसहित ४ जनाको बीभत्स हत्या भएको छ।
त्यहाँस्थित दिव्य सःमिलमा काम गर्ने चार जनाको शव आज (शनिबार) बिहान फेला परेको हो।
धारिलो हतियार प्रहार गरेर बीभत्स ढंगले हत्या गरिएका २ पुरुष र २ महिलाको सनाखत भएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार उक्त काठ मिलमा चौकीदारको काम गर्ने दोलखा घर भएका अन्दाजी ५५ वर्षीय कुमार भुजेल, उनकी पत्नी ५० वर्षीया अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीया शभद्रा भुजेल र मोरङ बेलवारी स्थायी घर भएका करिब २० वर्षीय युवक नवीन राईको हत्या गरिएको हो।
अहिले घटनास्थलमा कुकुरसहित प्रहरीले अनुसन्धान गरिरहेको छ।
उनीहरूको हत्या शुक्रबार राति १२ बजेतिर भएको प्रहरीको अनुमान छ।
घटनास्थलबाट सोधपुछका लागि काठमाडौँ महानगरपालिका ३२ तीनकुने बस्ने अन्दाजी २८ वर्षीय दिपेन्द्र राईलाई नियन्त्रणमा लिइएको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।
राईलाई कपडा र जुत्तामा रगत लागेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। उनले मदिरा पिएको पाइएको छ।
दिव्य सःमिल भित्र काठले बनेको एकतले जस्ताको टहरोमा शव फेला परेको थियो। मारिने सबैको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार भएको छ।
घटनास्थलका तस्बिर-
४ जनाको हत्या भएको तीनकुने काठ उद्योगमा प्रहरी अनुसन्धान गर्दै pic.twitter.com/POivvb7tr6
— Nepalkhabar (@nepalkhabar) September 16, 2023
Shares
प्रतिक्रिया