ad ad

बागमती


आठ दिनदेखि निरन्तर उभिइरहेका ईःलाई भेटिन् उपमेयर डंगोलले

आठ दिनदेखि निरन्तर उभिइरहेका ईःलाई भेटिन् उपमेयर डंगोलले

नेपालखबर
असोज ९, २०८० मंगलबार ११:३९, काठमाडौँ

फुटपाथ व्यवसायीलाई विकल्प दिइनुपर्नेलगायत माग राखेर काठमाडौं महानगरपालिका कार्यालयअगाडि ८ दिनदेखि निरन्तर उभिएर विरोध जनाइरहेका अभियन्ता ईःलाई आज (मंगलबार) उपमेयर सुनीता डंगोलले भेटेकी छन्। 

यस क्रममा उपप्रमुख डंगोलले फुटपाथ व्यवसायीका लागि वैकल्पिक नीति बनाउन आफ्नो तर्फबाट सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएको अभियन्ता ईः ले जानकारी दिएका छन्। 

केही साथीसहित अभियन्ता ईः यही असोज २ गतेदेखि प्लेकार्ड बोकेर उभिइरहेका हुन्। 

हेर्नुहोस् अभियन्ता ईःले गरेको ट्विट-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .