ad ad

बागमती


काठमाडौँमा यस वर्ष अहिलेसम्मकै चिसो, कतिमा झर्‍यो तापक्रम?

काठमाडौँमा यस वर्ष अहिलेसम्मकै चिसो, कतिमा झर्‍यो तापक्रम?

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
मंसिर २४, २०८० आइतबार ७:२४, काठमाडौँ

आज (आइतबार) काठमाडौँ उपत्यकामा यस वर्ष अहिलेसम्मकै चिसो भएको छ। 

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको हो। 

‘यो यस सिजनको अहिलेसम्मकै कम तापक्रम हो’, मौसमविद् अधिकारीले नेपालखबरसँग भने, ‘यसअघि काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम सबैभन्दा कम ७.४ डिग्री सेल्सियससम्म झरेको थियो, आज त्यसभन्दा पनि तल झरेको हो।’

यतिबेला (आइतबार बिहान) काठमाडौँ उपत्यकाको मौसम सामान्यतया सफा (आकाशमा कम बादल) रहेको उनले बताए। 

‘पातलो हुस्सुचाहिँ लागिरहेको छ’, उनले भने, ‘अहिले भिजिबिलिटी (पारदर्शिता) ५ किलोमिटर छ, तर अझै यसभन्दा कम हुने सम्भावना छ।’

उनका अनुसार भिजिबिलिटी १ किलोमिटरभन्दा कम भयो भने त्यसलाई कुहिरो मानिन्छ। यसभन्दा माथि भिजिबिलिटी हुँदा हुस्सु मानिन्छ।

आज दिउँसो काठमाडौँ उपत्यकामा घाम लाग्ने सम्भावना रहेको मौसमविद् अधिकारीले जानकारी दिए। 

देशभरका लागितराईमा हुस्सु र कुहिरो, हिमाली क्षेत्रमा हिमपातको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .