ad ad

बागमती


हेटौंडामा भाइले सहोदर दाजुलाई पेट्रोल छर्केर आगो लगाए

हेटौंडामा भाइले सहोदर दाजुलाई पेट्रोल छर्केर आगो लगाए

नेपालखबर
पुस २८, २०८० शनिबार १७:१७, मकवानपुर (हेटौंडा)

हेटौंडामा भाइले आफ्नै सहोदर दाजुलाई पेट्रोल छर्केर आगो लगाएका छन्। शनिबार दिउँसो हेटौडा–४ चिल्ड्रेन पार्क गर्दोही बस्ने अन्दाजी ३२ वर्षका कुमार गिरीलाई उनको सहोदर भाइ २८ वर्षका रबि गिरीले पेट्रोल छर्की आगो लगाएका हुन्।

मादक पदार्थ सेवन गरि विवाद गर्दा गिरीले आफ्नै दाजुको शरिरमा पेट्रोल छर्की आगो लगाएको मकवानपुर प्रहरीले जनाएको छ। 

आगोले जलेर गम्भीर घाइते गिरीलाई उपचारको लागि हेटौंडा अस्पताल लगिएकोमा हेटौंडामा उपचार सम्भव नभएपछि थप उपचारको लागि चितवन रिफर गरिएको जनाइएको छ।

आगो लगाउने रवि गिरीलाई वडा प्रहरीले नियन्त्रणमा लिइएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .