यो वर्षअन्तर्गत आज (आइतबार) अहिलेसम्मकै चिसो भएको काठमाडौँ उपत्यकाको तापक्रम थप घटेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पुनः बिहान ८:४५ बजे मापन गर्दा काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.१ डिग्री सेल्सियसमा झरेको हो। यसअघि आजै बिहान ६:४५ बजे मापन गर्दा २.२ डिग्री सेल्सियस थियो।
मौसमविद् गोविन्द झाका अनुसार काठमाडौँ उपत्यकामा आज यो वर्षको अहिलेसम्मकै कम तापक्रम देखिएको हो।
यसअघि शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २.५ डिग्रीसम्म झरेको थियो। आज त्यसभन्दा पनि तल गएको हो।
न्यूनतम तापक्रम जति घट्यो उति बिहान चिसो बढ्छ।
मौसमविद् झाका अनुसार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम पनि बिस्तारै घट्ने क्रममा छ।
यसै क्रममा आज उपत्यकाको अधिकतम तापक्रम १५ देखि १७ डिग्री सेल्सियसको बीचमा रहने देखिएको उनले बताए।
हिजो शनिबार यहाँको अधिकतम तापक्रम १६.५ डिग्री सेल्सियस थियो।
२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।
आज काठमाडौँ उपत्यकामा दिउँसोतिर आकाशमा बादल विकास हुने भए पनि वर्षाको सम्भावना नरहेको र घाम लाग्ने अनुमान गरिएको मौसमविद् झाको भनाइ छ।
Shares
प्रतिक्रिया