ad ad

बागमती


काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झर्‍यो

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४ डिग्री सेल्सियसबाट पनि तल झर्‍यो

फाइल तस्बिर : काठमाडौं


नेपालखबर
माघ २३, २०८० मंगलबार १३:२८, काठमाडौँ

काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम थप घटेको छ। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहान ५:४५ बजे मापन गर्दा ४.० डिग्री सेल्सियस देखिएको उपत्यकाको न्यूनतम तापक्रम बिहान ८:४५ बजे पुन मापन गर्दा ३.५ डिग्रीमा झरेको हो। आजको आधिकारिक न्यूनतम तापक्रम यही हो। 

सोमबार भने काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.७ डिग्री सेल्सियस थियो। 

मौसम बदली र वर्षाका कारण एक/दुई दिनयता उकालो लागिरहेको काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम आजदेखि पुन: ओरालो लागेको हो। 

‘राति आकाशमा बादल लाग्यो भने बिहान न्यूनतम तापक्रम घट्छ’, मौसमविद् गोविन्द झाले भने, ‘राति आकाश सफा भयो भने बिहान न्यूनतम तापक्रम  घट्छ।’

तर अब तापक्रम घट्ने होइन, क्रमश: बढ्नेतिर जाने मौसमविद्को भनाइ छ। 

आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रमचाहिँ १८ देखि २० डिग्रीसम्म पुग्ने अनुमान रहेको मौसमविद् झाले बताए। 

हिजो सोमबार काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम १९.८ डिग्री सेल्सियस थियो। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ। 

आज काठमाडौँ उपत्यकामा घाम लागेको छ। 

आज उपत्यकाको मौसम मुख्यतया सफा (आकाशमा अलि अलि बादल देखिए पनि घाम लाग्ने) रहने मौसमविद् झाको अनुमान छ। 

देशभरका लागिनेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै, कस्तो रहला आजको मौसम?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .