ad ad

बागमती


२४ घण्टादेखि काठमाडौँ उपत्यकाको तापक्रम स्थिर

२४ घण्टादेखि काठमाडौँ उपत्यकाको तापक्रम स्थिर

फाइल फाेटाे : काठमाडाैँ


नेपालखबर
माघ २५, २०८० बिहिबार १८:१९, काठमाडौँ

काठमाडौँ उपत्यकाको तापक्रम २४ घण्टासम्म स्थिर देखिएको छ। बुधबारदेखि उपत्यकाका न्यूनतम र अधिकतम दुवै तापक्रम स्थिर रहेका हुन्। 

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (बिहीबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.६ डिग्री सेल्सियस तथा अधिकतम तापक्रम १९.५ डिग्री सेल्सियस छन्। हिजो बुधबार पनि उपत्यकाका दुवै तापक्रम यति यति नै थिए।   

काठमाडौँ उपत्यकाको तापक्रम घटिरहे पनि अधिकतम तापक्रम भने बढिरहेको छ। न्यूनतम तापक्रम घट्दा बिहान कठ्यांग्रिँदो चिसो हुन्छ भने अधिकतम तापक्रम घट्दा दिउँसो चिसो बढ्छ। तर अचेल दिनभरि घाम लाग्ने भएका कारण अधिकतम तापक्रम बढेको हो।  

मौसमविद्का अनुसार राति मौसम बदली भयो, आकाश बादलले ढाक्यो भने बिहान न्यूनतम तापक्रम बढ्छ भने राति आकाश सफा भयो भने न्यूनतम तापक्रम घट्छ। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

आगामी दुई÷तीन खासै नयाँ मौसमी प्रणाली आउने सम्भावना नदेखिएकाले तापक्रमको अवस्था यही सेरोफेरोमा रहने अनुमान गरिएको मौसमविद्ले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .