ad ad

बागमती


बढ्दै काठमाडौँ उपत्यकाको तापक्रम, आज कति देखियो न्यूनतम?

बढ्दै काठमाडौँ उपत्यकाको तापक्रम, आज कति देखियो न्यूनतम?

फाइल तस्बिर


नेपालखबर
माघ २८, २०८० आइतबार ८:०, काठमाडौँ

काठमाडौँ उपत्यकाको तापक्रम दिनप्रतिदिन बढ्दै गएको छ। 

यस क्रममा आज (आइतबार) बिहान ५:४५ बजे मापन गर्दा उपत्यकाको न्यूनतम तापक्रम ५.० डिग्री सेल्सियस देखिएको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन्। 

त्यसो त आजको आधिकारिक न्यूनतम तापक्रमका लागि अहिले बिहान ८:४५ बजे पुनः मापन गरिन्छ, त्यतिबेला तापक्रम थोरै घट्ने सम्भावना हुन्छ। 

हिजो शनिबार काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ४.५ डिग्री सेल्सियस थियो भने शुक्रबार ३‍.५ डिग्री सेल्सियस थियो। 

यस्तै आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २० देखि २२ डिग्री सेल्सियससम्म हुने अनुमान गरिएको मौसमविद् नगरकोटीको भनाइ छ। 

शनिबार उपत्यकाको अधिकतम तापक्रम २१.३ डिग्री सेल्सियस थियो भने शुक्रबार १८.२ डिग्री सेल्सियस थियो।  

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

मौसमविद्का अनुसार अब देशभरकै तापक्रम बिस्तारै बढ्ने क्रममा जाँदै छ।

किनभने हिउँदयाम (विन्टर सिजन) को अवधि अब यही अंग्रेजी महिना फेब्रुअरी मात्रै हो। यसपछि प्रि-मनसुन सिजन सुरु हुने मौसमविद्ले बताएका छन्। 

मौसमविद् नगरकोटीका अनुसार अहिले बिहान काठमाडौँ उपत्यकामा पातलो हुस्सु लागिरहेको छ भने मौसम सामान्यतया सफा छ। हुस्सु घाम लाग्दै जाँदा हटेर जाने उनले बताइन्। 

‘आज दिनभर उपत्यकाको मौसम सामान्यतया सफा नै रहने देखिन्छ’, उनले भनिन्। 

देशभरको मौसम जानकारीका लागि- तराईका धेरै स्थानमा हुस्सु, उच्च भूभागमा हिमपातको सम्भावना

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .