ad ad

बागमती


दिनदिनै बढ्दै काठमाडौँ उपत्यकाको तापक्रम, न्यूनतम नै ५ डिग्री सेल्सियसभन्दा माथि

दिनदिनै बढ्दै काठमाडौँ उपत्यकाको तापक्रम, न्यूनतम नै  ५ डिग्री सेल्सियसभन्दा माथि

फाइल तस्बिर


नेपालखबर
माघ २९, २०८० सोमबार ११:१४, काठमाडौँ

काठमाडौँ उपत्यकाको तापक्रम दिनदिनै बढिरहेको छ। 

यस क्रममा आज उपत्यकाको न्यूनतम तापक्रम ५ डिग्रीभन्दा माथि उक्लिएको छ। 

मौसम पूर्वानुमान महाशाखाको रेकर्डअनुसार आज बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५.२ डिग्री सेल्सियस पुगेको हो। 

यसअघि उपत्यकाको न्यूनतम तापक्रम आइतबार ४.७ डिग्री सेल्सियस, शनिबार ४.५ डिग्री सेल्सियस र शुक्रबार ३‍.५ डिग्री सेल्सियस थिए।  

महाशाखाका मौसमविद् सरोज पुडासैनीका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।

यसअघि आइतबार उपत्यकाको अधिकतम तापक्रम २२.६ डिग्री सेल्सियस, शनिबार २१.३ डिग्री सेल्सियस तथा शुक्रबार १८.२ डिग्री सेल्सियस थिए।  

अहिले काठमाडौँ उपत्यकामा घाम लागिरहेको छ। ‘आज उपत्यकाको मौसम मुख्यतया सफा नै रहने सम्भावना छ’, मौसमविद् पुडासैनीले भने। 

तापक्रम बढेसँगै चिसोको मात्रा पनि घट्दै गएको छ। 

२४ घण्टामा सबैभन्दा कम तापक्रमलाई त्यस दिनको न्यूनतम र २४ घण्टामा सबैभन्दा बढी तापक्रमलाई त्यस दिनको अधिकतम तापक्रम भनिन्छ। बिहान ८:४५ बजेभित्र न्यूनतम तथा साँझ ५:४५ बजेभित्र अधिकतम तापक्रम मापन गरिन्छ।

मौसम महाशाखाले तापक्रम मापक यन्त्र राखेका स्थानमध्ये आज सबैभन्दा कम न्यूनतम तापक्रम जुम्लामा माइनस ४.९ डिग्री सेल्सियस छ भने सबैभन्दा बढी न्यूनतम तापक्रम धनगढी र धनकुटामा बराबर ८.५ डिग्री सेल्सियस छ। 

मौसमविद्का अनुसार अब देशभरकै तापक्रम बिस्तारै बढ्ने क्रममा जाँदै छ।

किनभने हिउँदयाम (विन्टर सिजन) को अवधि अब यही अंग्रेजी महिना फेब्रुअरी मात्रै हो। यसपछि प्रि-मनसुन सिजन सुरु हुने मौसमविद्ले बताएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .